काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिव ८० जना अभिकर्ताहरू सम्मानित भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा सहभागि अभिकर्ताहरूलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यवसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरू प्रभावकारी हुने बताएका थिए ।
समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर बाट नेशनल रत्नमा उत्साहजनक रुपमा अभिकर्ताहरू छनौट हुन सफल भएको बताए ।
उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्