काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले नयाँ सेन्टर घन्टाघरमा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ आफ्नो नयाँ सेन्टर घन्टाघर (शिव आँखा अस्पताल नजिक) सञ्चालनमा ल्याएको हो ।
एनसेलका चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि, सधैँ सँगै’ तथा थीम ‘हामी तपाईँकै लागि’ अनुरूप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बीज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।
‘सधैं हामीले गर्ने सबै कार्यहरूमा हामी हाम्रा ग्राहकहरूलाई केन्द्र राख्छौँ र ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत रही उच्च ग्राहक अनुभव प्रदान गर्दै हाम्रा ग्राहकहरूलाई निरन्तर सेवा प्रदान गर्न पाएकोमा हामी खुसी छौं’, रोड्रिगेजले भने, ‘वीरगञ्जमा यो नयाँ एनसेल सेन्टरको उद्घाटन तथा सञ्चालनले हाम्रा ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ ।’
त्यस्तै, नयाँ सेन्टरको उद्घाटनको अवसरमा यस सेन्टरबाट रु १०० र यो भन्दा बढि ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान पनि गरिएको थियो । आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ ।
यस अघि एनसेलले माइस्थान वीरगञ्जमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्