काठमाडौं। एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
एनसेलका चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरूले सबै किसिमका ग्राहक सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि, सधैँ सँगै’ तथा थीम ‘हामी तपाईँकै लागि’ अनुरूप स्थापना गरिएको नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्नेछन् । यसैगरी ग्राहकहरूले सो सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इ- सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बीज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
सेन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, ‘नारायणघाटमा खोलिएको नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौं । ‘हामी तपाईंकै लागि’ अर्थात नेपाल र नेपालीका लागि हौं र यही थिममा आधारित भई ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति जनाई ग्राहकहरूलाई ‘सधैँ अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउनु हाम्रो उद्देश्य रहेको छ ।’
आइतबार देखि शुक्रबार हप्ताको ६ दिन सो सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढि एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्