×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआइ बैंकका ग्राहकहरुलाई स्काईवाक टावरमा २०% छुट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल एसबिआइ बैंकका ग्राहकहरुलाई स्काईवाक टावरमा २०% छुट

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबद्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रालिका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: