×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २४.५८ अंकले घट्यो नेप्से परिसूचक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइतबार २४.५८ अंकले घट्यो नेप्से परिसूचक

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल ३ सय १६ कम्पनीको ९७ लाख ६२ हजार ८ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजारमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ६४ लाख ९९ हजार ७ सय ५३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.५६ प्रतिशतले घटेको छ । यसैगरी आज पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: