Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १९.८९ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल ३ सय ११ कम्पनीको ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ४५ लाख ७० हजार ४ सय ५१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK