×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन र डायग्नोष्टिक सेन्टरबीच सम्झौता

PRIME CA
GLOBAL IME BANK

काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन र डायग्नोष्टिक सेन्टरबीच सम्झौता

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता भएको छ । वीरगन्जमा वैशाख २० गते उक्त कम्पनीबीच अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्राध्यापक डा.अमरनाथ ठाकुरले हस्ताक्षर गरेका हुन् । वीरगन्ज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै, सेन्टरका अध्यक्ष प्राध्यापक डा.ठाकुरले अब काठमाडौँमा अत्याधुनिक र एकीकृत डायग्नोष्टिक सेवा दिने लक्ष्य रहेको जनाएका छन् । काठमाडौँमा डायग्नोष्टिक सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । हस्पिटलहरूको आफ्नै ल्याव पनि छ । तर, अहिले पनि विश्वसनीय डायग्नोष्टिकको लागी नेपालीहरू भारत लगायत अन्य देश गइरहेका छन् । सोही अवस्थालाई हेरेर विश्वसनीय र भरपर्दो डायग्नोष्टिक सेवा दिन काठमाडौँमा छुट्टै ल्याबको आवश्यकता देखिएको छ ।

सो सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाडौँमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्टिकक रिर्पोट बाट सन्तुष्ट छ-छैनन् अध्ययन गर्नेछ । काठमाडौँको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोष्टिक सेन्टरको आवश्यकता छ, सोको लागि कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम डायग्नोष्टिक सेन्टर प्रालिलाई प्रतिवेदन बुझाउने छ ।

नेक्सजेनले त्यस पश्चात थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रालि आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर सञ्चालन गर्नेछ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो । यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित सञ्चालनको लागि परामर्श सेवा दिने देखि लगानीकर्ता जुटाउने सम्मको सेवा दिन्छ ।

साथै, नयाँ उद्योग व्यवसाय सञ्चालन गर्नेको लागि सो सम्बन्धी अध्ययन अनुसन्धान गर्ने र व्यवसाय सञ्चालनको लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्छ । नेक्सजेनले भखरै नेपाल सरकारबाट २०८१ वैशाख १७ र १८ गते काठमाण्डौमा सञ्चालन भएको लगानी सम्मेलनमा कोरियन कम्पनीसँग सम्झौता गरेको छ ।

कोरियन पार्टीले नेपालमा सञ्चालन गर्ने ६ अर्ब लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्टले गरिसकेको कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: