Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीका लागि पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सुर्य थापा मगर र४६ वर्षीय बिमला गुरुङ रहेका छन् ।

उनीहरुले बेरोजगार युवायुवतीलाई इजरायल, माल्टालगायत देश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । आकर्षक तलबको प्रलोभनमा पारेर सुर्य थापा मगर १० लाख २० हजार रुपैयाँ र बिमला गुरुङले सात लाख रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि  वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK