काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै चार करोड बढी रकम ठग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा घर भएका ४२ वर्षीय बिनोद श्रेष्ठ रहेका छन् ।
उनले टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने भन्दै चार करोड ३४ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए । उनले मिन बहादुर कार्की सहित १२४ जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम उठाएका थिए । टर्कीको युएनको भवन निर्माणमा काम खुलेको छ, मासिक १४५० डलर कमाई हुन्छ भनी विश्वास दिलाएर रकम ठगी गरेको पीडितहरुले बताएका छन् ।
अनुसन्धानका क्रममा विनोद श्रेष्ठलको श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेलविरुद्ध पनि सिआईबिबाट ठगी मुद्धामा अनुसन्धान भई हाल पुर्पक्षको लागी थुनामा रहेको पाइएको छ ।
पक्राउ परेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चावहिलबाट पक्राउ गरेको हो । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्