काठमाडौँ । राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको ‘दोस्रो पठाओ फूड फेस्ट २०२४’ दुई लाख ६० हजार भन्दा बढी अर्डर डेलिभरी गर्दै सम्पन्न भएको छ ।
फेस्ट सकिएपनि ग्राहकलाई अझै आकर्षित गर्न छुट मूल्यमा ९९ अफर सुरू गरिएको पठाओले जनाएको छ । जसअन्तर्गत बढी मूल्यका परिकारहरू ९९ रुपैयाँमै उपलब्ध छन् ।
चैत अन्तिम हप्तादेखि यही वैशाख २१ गतेसम्म सञ्चालन भएको फेस्टको बम्पर प्राइजमा भाग्यशाली विजेता सन्ध्या कार्कीले आइफोन १५ जित्न सफल भएकी छन् । पठाओले साप्ताहिक तथा बम्पर विजेता छनौट फेस्टको समयमा धेरै अर्डर गर्ने ग्राहकहरू मध्येबाट चयन गरेको बताइएको छ ।
त्यसैगरी शीर्ष दुई पठाओ हिरो गंगाबहादुर राई र वीरेन्द्र बहादुर सिंहले भने उपहारका साथै प्यांक बाइक्सका तर्फबाट एक/एक वटा साइकल समेत जितेको कम्पनीकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।
फूड फेस्टमा मेहनत गर्ने शीर्ष ३८ पठाओ हिरोलाई कम्पनीले मजदुर दिवसका अवसरमा पुरस्कृत समेत गरेको थियो । ‘कम्पनीले यसअघि सञ्चालन गरेका अन्य क्याम्पेनको तुलनामा यसपटक रेष्टुराँमा अर्डर लिनेको संख्या उल्लेख्य भएको पाइयो’, हमालले भनिन् ।
साथै, पठाओ हिरोहरुको मासिक कमाइ औसतमा ४० हजारसम्म हुने गरेकोमा फेस्ट अवधिमा भने ५० हजार रुपैयाँसम्म कमाएको हमालले बताइन् । साथै ग्राहकले हरेक अर्डरमा प्राप्त हुने सिओर सट स्क्राच कार्डमा पार्टनर तथा रेष्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचर समेत प्राप्त गरेका थिए ।
यस अवधिमा फुड आर्डर गर्ने ग्राहकले धुलिखेल जिपलाइन, चन्द्रागिरि प्याराग्लाइडिङ, बेलुन नेपाल, गितार सप, इना सेन्टर, यति एयरलाइन्स, सिजी इन्टरनेट, प्याङ्क बाइक, डोल्पो, अल्टिमा, माक्कुसे, मिशिसा, जिभी, ब्लेस, मिनिसो, र्याप्सी, न्यू–मिउ, ऊप्स, क्यूबेक्सबाट भौचर एवं उपहार समेत प्राप्त गरेका छन् ।
साथै हरेक साता सबैभन्दा धेरे अर्डर गर्ने भाग्यशाली ग्राहकलाई ३० सेकेन्डका लागि मिनिसोको विभिन्न आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क सपिङ गराइएको थियो ।
पठाओ हिरोहरुले स्मार्ट वाच, पावर बैंक, एयर वड्स, ज्याकेट तथा ट्राउजर, टि-सर्ट, चस्माका साथै जिपलाइन भौचर, प्याराग्लाइडिङ भौचर लगायतका उपहारसँगै रेष्टुराँ छुट भौचर एवं १० हजार, २५ सय, दुई हजारका क्वेस्ट भौचर उपहार जितेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्