काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्न आग्रह गरेका छन् । १ जेठ (मंगलबार) संघीय संसदमा राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा अवरोध नगर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।
प्रधानमन्त्री दाहालसँग छलफलका लागि काँग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्याइदिन आग्रह गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
‘प्रधानमन्त्रीजीले सत्ता गठबन्धनभित्र आफूले संसदीय समिति बनाउन प्रयास गरेको कुरा सुनाउनुभयो । र उहाँले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्याउन आग्रह गर्नुभएको छ ।’, उनले भने, ‘त्यसपछि लगत्तै हामी संसदीय दलको बैठक बस्दैछौँ । त्यही बैठकबाट यसबारे निर्णयमा पुग्छौँ ।’
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै कांग्रेसले संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै अवरोध गरेको थियो ।
प्रधानमन्त्री दाहाल भने सहकारी प्रकरणमा व्यक्तिको नाम नजोडी छानविन समिति बनाउन तयार भएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले भने सो प्रस्ताव अस्वीकार गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्