काठमाडौं। निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेन्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थासहित) तथा वालेटमा प्राप्त गर्न सकिनेछ । त्यसैगरि, पारम्परिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ ।
गायक सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागिे छिटो, भरपर्दो, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले बताएको छ ।
निओ मनि ट्रान्सफरले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरहरूमा रेमिट्यान्स सेवाहरू प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीले ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पुर्याउने लक्ष्य रहेको पनि बताएको छ ।
कम्पनीले ब्रान्ड एम्बेसडर प्रकाश सपुतका प्रशंसक र अनुयायीहरु मार्फत देशमा रेमिट्यान्सको महत्व बारे ध्यान केन्द्रित गर्दै, नेपाल र विदेशमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने योजना रहेको बताएको छ ।
ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्