×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट व्यापारीसँगको सेटिङमा आयो’- पूर्वअर्थमन्त्री महत 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बजेट व्यापारीसँगको सेटिङमा आयो’- पूर्वअर्थमन्त्री महत 

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट व्यापारीसँगको सेटिङमा आएको बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पेश गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महतले यस्तो बताएका हुन् ।

उनले व्यापारीको प्रभाव र साँठगाँठमा स्याउ, आलु र प्याजमा लगाइएको भ्याट हटाएको आरोप लगाएका छन् । 

त्यस्तै, महतले सरकारले स्याउ, आलु र प्याजमा लगाइएको भ्याट हटाउँदा स्वदेशी उत्पादन बढ्छ भन्नु झुठो भएको दाबी गरेका छन् । उनले आफूहरुले स्वदेशी उत्पादनलाई बजारमा प्रतिस्पर्धात्मक बनाउन र उत्पादन बढाउन स्याउ, आलु र प्याज आयातमा लाग्ने भन्सार कर बढाएको भए पनि यो सरकारले व्यापारीसँग मिलेर उक्त कर हटाएको बताए । 

यसरी भन्सारमा लाग्ने कर हटाएपछि बाहिरबाट सस्तोमा आयात हुँदा स्वदेशी उत्पादनले बजारमा ठाउँ पाउन नसक्ने अवस्था आउने महतको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: