×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आफ्ना कुराहरू राख्न कँही पनि पाइएको छैन, सिधै छानबिन समिति चाहियो ? यस्तो पनि हुन्छ ?’ : गृहमन्त्री लामिछाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘आफ्ना कुराहरू राख्न कँही पनि पाइएको छैन, सिधै छानबिन समिति चाहियो ? यस्तो पनि हुन्छ ?’ : गृहमन्त्री लामिछाने

Artha Sarokar

२५ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकार सहकारी पीडितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर, उनले आफू जोडिएको सहकारी अनियमिततालाई लिएर उठेको प्रश्नमा संसदीय समिति नचाहिने बरु आफूले संसद्मा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

मंगलबार दिउँसो सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले आफूविरुद्ध महान्यायाधिवक्ताले समेत कहीँकतै मुद्दा नचलेको  उल्लेख गरे । उनले आफूविरुद्ध एउटै उजुरी नपरेको, विना आधार मिडिया र प्रतिपक्षले सवाल गरेकै भरमा समिति गठन गर्नुपर्ने माग आधारहीन भएको बताए । 

‘सदनबाट मैले आफ्नो कुरा राख्न पाउनुपर्छ । सदनमा आफ्ना कुरा राखिसकेपछि चित्त बुझेन भने संसदीय समितिमा बोलाउनुपर्यो । एकैपटक मान्छेलाई थुन्न खोज्ने, केही गर्न नदिने ? सफाइको मौका त फाँसीमा झुन्ड्याउन लागेको मान्छेले पनि पाउँछ होला नि ?’ उनले थपे, ‘कुरा मिडिया, समाज र सामाजिक सञ्जालमा चल्यो, प्रहरीमा निवेदन छैन, महान्यायाधिवक्ताको कार्यालयमा बुझ्दा कँही कुनै अदालतमा प्रतिवादी बनाइएको छैन, कसैले कँही पनि बयानमा बोलेको छैन, बोल्न, स्पष्टीकरण दिन, आफ्ना कुराहरू राख्न कँही पनि पाइएको छैन सिधै छानबिन समिति चाहियो ? यस्तो पनि हुन्छ ? हामीले गरेको संसदीय अभ्यास यही हो ? कुनै आधारविना बोलेर मात्र हुँदैन । प्रमुख प्रतिपक्षले भनेर मात्र हुँदैन ।’

उनले सदन चलाउन प्रतिपक्षले जिम्मेवार भएर साथ दिनुपर्नेमा जोड दिए । सहकारीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका उनले थपे, ‘क्याबिनेटले फास्ट ट्रयाकबाट गएर कानून सम्मत बचतकर्ताको रकम फिर्ता गराउने निर्णय गरिसकेको छ, सरकार यो अधिवेशनमा त्यसलाई सदनमा लिएर जाने तयारीमा छ ।’ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी