काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ ।
मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूले संसदीय छानविन समितिको माग दोहोर्याएको उल्लेख गर्दै सरकारले आगामी बजेट अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरेको विषयमा गृहमन्त्री संलग्नताबारे छानविन समिति बनाएर आउने कुरामा विश्वास लिएको बताए ।
उनले भने, ‘आजको बैठकमा पनि हामीले संसदीय छानबिन समिति बनाउने माग दोहोर्याएका छौं । सरकारले आउँदो बर्खे अधिवेशनमा सरकार प्रस्तुत हुँदा संसदीय समिति बनाउन तयार भएर आउनेमा विश्वास छ ।
गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ । राजीनामा मागेका छैनौँ । प्रश्न उठेपछि छानबिन हुनुपर्छ । सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ ।’ कोही मानिस संविधान, देशको कानुनभन्दा माथि छ ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्