×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि २० जनाले दिए आवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि २० जनाले दिए आवेदन

Artha Sarokar

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि २० जनाले आवेदन दिएका छन् । बैंकले गत वैशाख ७ गतेदेखि कार्यकारी अधिकृतका लागि खुलाएको आवेदनमा बैंकभित्रबाट उच्च पदका कर्मचारीसहित २० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेहरूमा पवन रेग्मी, विष्णु देव यादव, प्रकाश चन्द्र अधिकारी, डा.राम राज उपाध्याय, देवेन्द्र रमण खनाल, दीर्घ बहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्ण बहादुर अधिकारी रहेका छन् ।

त्यस्तै, सुरेश देवकोटा, शंकर केसी, प्रमोद बाबु तिवारी, कृष्ण प्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले पनि सिइओ पदका लागि आवेदन दिएका छन् ।

बैंकका कार्यकारी अधिकृत किरण श्रेष्ठको २ कार्यकालको पदावधि सकिएपछि गत वैशाख ७ गतेदेखि आवेदन खुलेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी