Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय सहकारी महासंघले असारमा सहकारी रोजगार मेला आयोजना गर्ने

अर्थ सरोकार

काठमाडौं। राष्ट्रिय सहकारी महासङ्घले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारी मार्फत बेरोजगारी न्यूनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । महासङ्घको आइतबार बसेको बोर्ड बैठकले २०८१ असार ७ गते देखि ९ गतेसम्म महासंघ परिसरभित्र पहिलो सहकारी रोजगार मेला आयोजना गर्ने निर्णय गरेको हो ।

महासङ्घका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बसेको बोर्ड बैठकले नेपाल सरकार, केन्द्रीय सहकारी सङ्घहरू, राष्ट्रिय सहकारी बैंकलगायत अन्य सहकारी संघ/संस्था तथा निकायहरूसँगको सहयोग र समन्वयमा मेला आयोजना गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले सहकारी अभियानको मर्यादाक्रमको सूची स्वीकृत गरेको छ । नेपालको सहकारी अभियानका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र बदररहित बनाउन सहकारी अभियानको मयार्दाक्रम सूची तयार भएको महासङ्घका अध्यक्ष मल्लले बताए । 

साथै महासङ्घले सहकारी क्षेत्रमा आइपर्ने समस्या एवं चुनौतीहरू समाधानमा समन्वय तथा सुझाव लिन विज्ञ समूह गठन गर्ने भएको छ । आइतबारको बैठकले विज्ञ समूह निर्माण तथा सञ्चालन विधि समेत पास गरेको छ । विभिन्न क्षेत्रका विज्ञहरूलाई समेटेर छिट्टै विज्ञ समूह गठन गरिने अध्यक्ष मल्लले बताएका छन् ।

 बैठकले महासङ्घको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यक्रम तथा बजेट मस्यौदा उपसमिति गठन गरेको छ । सो समितिको सदस्यहरूमा महासङ्घका उपाध्यक्ष खेम बहादुर पाठक र उपाध्यक्ष डिबी बस्नेत छन् । साथै युवा समन्वय उपसमितिको संयोजकमा सञ्चालक सुमन नेपाललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK