काठमाडौं। नेपाल धितोपत्र बोर्डले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ । बोर्डले शुक्रबार एक सुचना जारी गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि राय/सुझाव मागेको हो ।
बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग राय तथा सल्लाह–सुझाव लिँदै आएको छ । धितोपत्र बोर्डले सूचना जारी गरी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तयार गर्ने कार्य भइरहेको जानकारी पनि गराएको छ ।
सबै सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि राय/सुझाव २०८१ जेष्ठ १५ गतेभित्र बोर्डको इमेल मार्फत पठाउन बोर्डले आग्रह गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्