×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

Artha Sarokar

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल धितोपत्र बोर्डले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ । बोर्डले शुक्रबार एक सुचना जारी गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि राय/सुझाव मागेको हो ।

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग राय तथा सल्लाह–सुझाव लिँदै आएको छ । धितोपत्र बोर्डले सूचना जारी गरी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तयार गर्ने कार्य भइरहेको जानकारी पनि गराएको छ ।

सबै सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि राय/सुझाव २०८१ जेष्ठ १५ गतेभित्र बोर्डको इमेल मार्फत पठाउन बोर्डले आग्रह गरेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी