×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिकोको फ्ल्यागशिप स्टोर नेपालमा संचालन, २०० भन्दा बढी मोडलका घडी अब एकै स्थानमा

LAXMI SUNRISE BANK
GLOBAL

सिकोको फ्ल्यागशिप स्टोर नेपालमा संचालन, २०० भन्दा बढी मोडलका घडी अब एकै स्थानमा

१६ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रसिद्ध जापानीज वाच ब्राण्ड सिकोले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर संचालनमा ल्याएको छ । काठमाडौँको अपस्केल मार्केटको रूपमा स्थापित दरबारमार्गको वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो । तिब्र विकासको क्रममा रहेका बजारहरुमा आफ्नो बलियो उपस्थिती जनाउने सिकोको रणनीति अनुरूप यो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको हो । यस सँगै सिकोले नेपालको रिटेल मार्केटमा आफूलाई बलियो सँग अगाडि बढाउन गरेको प्रतिबद्धतालाई थप बल दिएको छ ।

गुणस्तरीयता, टिकाउका अलावा यसको डिजाईनको कलात्मकता र समयको सटिकतामा जति बयान गरे पनि कमै लाग्ने सिको नेपाली उपभोक्ताका लागि नयाँ नाउँ भने पक्कै होईन । विभिन्न माध्यमबाट दशकौं अगाडी देखि नेपाली उपभोक्ता माझ लोकप्रिय सिकोको नेपालमा बुटिक नै सञ्चालनमा आएको भने पहिलो पटक हो ।

नेपालका प्रतिष्ठित संचारकर्मी भूषण दाहाल तथा उद्योगी राज बहादुर शाहको उपस्थितीमा सो कार्यक्रम उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रमलाई थप निखारता दिलाउन ब्राण्ड, सौंन्दर्य तथा आधुनिकताको प्रतिनिधित्व गर्दै मोडल तथा कलाकार सोनिया विष्ट तथा रोनीशा श्रेष्ठले सिकोका विभिन्न मोडलका घडीहरू प्रदर्शन गरेका थिए ।

उद्घाटन समारोहका लागि एक विशेष सन्देश पठाउँदै प्रेसिडेन्ट निलान्द्री मजुमदार भन्छन्, ‘हामी काठमाडौँमा हाम्रो पहिलो स्टोर खोल्न पाउँदा रोमाञ्चित छौं, संस्कृति, सम्पदा र इतिहासमा धनी शहर काठमाडौंमा हाम्रो उपस्थितीले हामीलाई उत्साही बनाएको छ । आधुनिकता तर्फ बढीरहेको बजार हो जसले गुणस्तर र क्राफ्टम्यासिप बुझ्ने दर्शकहरूलाई प्रतिनिधित्व गर्दछ । हामी विश्वस्त छौं कि हाम्रो नयाँ स्टोरले नेपालका घडी प्रेमीहरू र सङ्कलकहरूलाई अवस्य आकर्षित गर्नेछ ।’

नेपाली उपभोक्ताहरूले सिकोको पछिल्लो संग्रह अनुभव गर्ने विशेष अवसर यस स्टोरमा पाउनेछन् । जसले सिको ब्रान्डको क्राफ्टम्यानसिप र जापानी परम्पराको समर्पणलाई देखाउनेछ । यस स्टोरमा आम उपभोक्ताले घडी किन्दा अनुपम अनुभव प्रदान गर्ने वाचा गरेको छ भने ब्यक्ति अनुसारका विविध रुचि र प्राथमिकताहरूका लागि उपयुक्त सिको घडीहरूको विभिन्न २०० भन्दा बढी मोडलहरु एकै स्थानमा उपलब्ध गराएको छ ।

सिकोको बारेमा
सिको एक जापानी घडी निर्माता हो जसले १८८१ देखि उत्कृष्ट घडीहरू बनाउँदै आएको छ । किन्तारो हत्तोरीसँग १४० वर्ष अघि सुरु भएको यो यात्रा अनवरत अगाडी बढिरहेको छ ।

समयको परिवर्तन सँगै यसको नवप्रवर्तन र थुप्रै ऐतिहासिक सुरुवातहरूको लागि विश्वव्यापी रूपमा प्रसिद्ध-१९१३ मा जापानको पहिलो घडीको उत्पादनदेखि १९६९ मा विश्वको पहिलो क्वार्ट्ज घडीको निर्माण र २०१२ मा विश्वको पहिलो जीपीएस सोलार घडीको सिर्जना सम्म सिकोले विभिन्न रेकर्डहरु आफूसँग सुरक्षित गरेको छ ।

भारतीय प्रिमियम वाच सेग्मेन्टमा सबैभन्दा छिटो सफलता हाँसिल गरेको ब्रान्ड सिकोले नेपाली बजारमा समेत आफ्नो बलियो उपस्थिती जनाउँदै आएको छ । सिकोको अलावा, आफ्नो विलासी ब्रान्ड ग्राण्ड सिको, फेसन ब्रान्ड अल्बा र प्रिमियम सिको कल्क्स पनि विश्व बजारमा विक्री वितरण गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी