काठमाडौँ । सुर्खेतको सिद्धार्थ होटल कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको सिद्धार्थ होटल कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको हो ।
पर्यटन विभागले वीरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । ‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेस्टुराँ तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भए अनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’, विभागले भनेको छ ।
होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अति उत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । कर्णाली प्रदेशकै सुविधा सम्पन्न उक्त होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्यान्डर्ड प्रकृतिका कोठा रहेका छन् ।
साथै, ४ वटा कन्फ्रेन्स हल, ६ सय जना भन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्टको मज्जा समेत होटलमा लिन सकिन्छ । त्यसैगरी फिटनेस क्लव, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका सुविधा समेत होटलमा समावेश छन् । विसं २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले जनाएका छन ।
टिकापुरबाट २६ वर्ष अघि व्यवसाय सुरु भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्टान्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ । पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्