×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमाण्ड फेरिएपछि फेरिँदै फुलवारीको ट्राफिक उल्झन…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कमाण्ड फेरिएपछि फेरिँदै फुलवारीको ट्राफिक उल्झन…

भुमिदत्त तिवारी

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धनगढी उपमहानगरपालिका-१९ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीको कमाण्ड फेरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखका रुपमा प्रहरी हवल्दार शिद्धराज विष्ट आएसँगै अहिले फुलवारी क्षेत्रमा ट्राफिक व्यवस्थापनको कामले तिव्रता लिएको छ ।

यहीबीच फुलवारी क्षेत्रमा ट्राफिक नियम सिकाउने/बुझाउने, सवारी चलाउँदा चालकले ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा प्रशिक्षण दिन सुरु गरिएको छ ।

पहिलो चरणमा धनगढी-१९ स्थित फुलवारी बसपार्क, फुलवारी अटो तथा हसुलिया अटो चालकहरुलाई प्रशिक्षण दिइएको प्र.ह शिद्धराज विष्टले बताएका छन् । विष्टका अनुसार हाल सवारी चालकहरुलाई ट्राफिक नियम पालना, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सडक दुर्घटनाबाट बच्ने उपाय र चालकले सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी सम्बन्धी प्रशिक्षण दिइएको छ ।

प्रशिक्षणको मुख्य उद्धेश्य सडक दुर्घटना कम गर्नु रहेको विष्टले बताए । ‘सडक दुर्घटनाको जोखिम कम गर्न प्रशिक्षण दिइरहेका छौँ ।’, उनले भने, ‘सुरुवाती दिनमा प्रशिक्षण दिन्छौँ, बिस्तारै कार्यान्वयनतर्फ अघि बढ्छौँ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी