×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा ट्राफिक प्रहरीः सिकाउँदै नियम, सुध्रिँदै सोच ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कैलालीमा ट्राफिक प्रहरीः सिकाउँदै नियम, सुध्रिँदै सोच ! 

भुमिदत्त तिवारी

१७ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कैलालीमा ट्राफिक सचेतना कार्यक्रम तिव्र पारिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलबारीको आयोजनामा ‘विद्यार्थी तथा अभिभावकसँग ट्राफिक प्रहरी’ कार्यक्रम तिव्र पारिएको हो । 

सोही क्रममा कैलालीको कैलारी गाउँपालिका–६ खरेटीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । 

नियमित योजना अनुसार गाउँगाउँमा ट्राफिक नियमका बारेमा जानकारी दिने उद्देश्यले कैलारी गाउँपालिका-६ मा ‘विद्यार्थी तथा अभिभावकसँग ट्राफिक प्रहरी’ कार्यक्रम आयोजना गरेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज तथा प्रहरी हवल्दार शिद्धराज विष्टले बताएका छन् । 

विष्टका अनुसार उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, समाजसेवी, महिला तथा ज्येष्ठ नागरिकको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा सवारी दुर्घटना न्यूनिकरणका उपाय तथा अभिभावकको भूमिकाबारे प्रशिक्षण दिइएको प्रह विष्टले बताए । विष्टका अनुसार कार्यक्रममा सडकमा हिँड्दा, बाटो काट्दा ध्यान दिनुपर्ने कुरा, सवारी साधन चलाउँदा पालना गर्नुपर्ने नियम लगायतका ट्राफिक नियमका बारेमा प्रशिक्षण दिइएको थियो । 

कार्यक्रममा सहभागीहरुले पनि उक्त कार्यक्रम लाभदायक रहेको प्रतिक्रिया दिएका छन् । यसअघि यस्तो प्रकारको कार्यक्रम नहुँदा ट्राफिक नियमका बारेमा थाहा नभए पनि अब सम्पूर्ण नियम र ध्यान दिनुपर्ने कुराबारे थाहा भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । उक्त प्रशिक्षण कार्यक्रमले सडक दुर्घटना कम गर्नेमा पनि विद्यार्थी तथा अभिभावकहरुले विश्वास गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी