×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुमको उद्घाटन

GLOBAL IME BANK

नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुमको उद्घाटन

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टीभीएस सोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सांसद, दुर्लभ थापाले रिबन काटेर सोरुमको उद्घाटन गरेका थिए ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टीभीएसका उत्साहीलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका सञ्चालक श्रीकृष्ण थापाले जनाएका थिए । 

उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिङ्कको नयाँ सोरुमले टीभीएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु- ह्विलर ब्रान्डका रुपमा स्थापित हुन पुगेको कम्पनीले दावी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: