काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रुख कटहरको मूल्य घटेको छ । रुख कटहर २० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ६० रुपैयाँमा किनबेच भईरहेको छ ।
भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा (तराई) ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ र भारतीय रातो आलु ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ६६ रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, तराई गाजर ५० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला लोकल ४० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी ७०, मकै बोडी ७०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि ७०, हाइब्रिड घ्यु सिमि ७०, घ्यु सिमि राजमा ७०, भटमासकोसा १५०, रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ५०, लौका ३०, लोकल परवर ७० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) २५, भिण्डी ५०, सखरखण्ड ७०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो साग १३० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र मेथीको साग १३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ७०, कन्य च्याउ ११०, डल्ले च्याउ ३५०, कुरिलो ३००, न्युरो १२०, ब्रोकाउली १००, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ७०, सेलेरी १२०, पार्सले २००, सौफको साग १३०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ९०, हरियो लसुन १५०, हरियो धनिया १५०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १५० रुपैयाँ र छ्यापी हरियो १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती ३००, अनार २५०, आपँ (मालदह) २००, आँप (दसहरी) २००, आँप (कलकत्ते) १८०, हरियो अंगुर १८०, कालो अंगुर २८०, तरबुजा (हरियो) ३०, मौसम १८०, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, रुख कटहर ६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, नेपाली मेवा ८०, भारतीय मेवा ८०, स्ट्रबेरी ४००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्