काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य घटेको छ । डल्ले च्याउ २० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ३२० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा (तराई) ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ र भारतीय रातो आलु ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
तितो करेला ४०, लौका ३०, लोकल परवर ७० रुपैयाँ, परवर (तराई) ५० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ५०, झिगुनी ४०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, भिण्डी ४०, सखरखण्ड ६०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो साग १४० रुपैयाँ, चम्सुरको साग १४० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र मेथीको साग १४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, कन्य च्याउ १३०, डल्ले च्याउ ३२०, कुरिलो ३००, न्युरो १४०, ब्रोकाउली १००, चुकन्दर ६०, सजीवन ६०, रातो बन्दा ६०, जिरीको साग ७०, ग्याठ कोबी ७०, सेलेरी १२०, पार्सले २२०, सौफको साग १४०, पुदिना १२०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ८०, हरियो लसुन १२०, हरियो धनिया १५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २८०, अनार ३००, आपँ (मालदह) १८०, आँप (दसहरी) १८०, आँप (कलकत्ते) १६०, हरियो अंगुर १८०, कालो अंगुर २८०, तरबुजा (हरियो) ३०, मौसम १८०, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, रुख कटहर ६०, लोकल काक्रो ३५, हाइब्रिड काक्रो २०, नेपाली मेवा ८०, भारतीय मेवा ९०, स्ट्रबेरी ४००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्