×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुनारको मूल्य बढ्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

GLOBAL IME BANK

जुनारको मूल्य बढ्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज जुनारको मूल्य बढेको छ। जुनारको मूल्य ५० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ३०० रुपैयाँमा किनबेच भईरहेको छ।

नेपाली ठुलो गोलभेडा ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३८, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा (तराई) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ रातो आलु (मुडे) ५० रुपैयाँ, र सेतो आलु ४२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी १००, मकै बोडी ७०, मटरकोशा १८० रुपैयाँ, लोकल घ्यु सिमि ८०, हाइब्रिड घ्यु सिमि ८०, राजमा १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ५०, लोकल परवर ८० रुपैयाँ, परवर (तराई) ७० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, भिण्डी ३०, सखरखण्ड ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, कन्य च्याउ १५०, डल्ले च्याउ ३२० , कुरिलो ३००, न्युरो १००, ब्रोकाउली ९०, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग १३०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (माछे) ५०, भेडे खुर्सानी ७०, हरियो लसुन ९०, हरियो धनिया १५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २४०, अनार ३५०, आँप (माल्दह) २२०, आँप (दसहरी) २००, आँप (कलकत्ते) १६०, हरियो अंगुर १८०, तरबुजा (हरियो) ३०, मौसम १८०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ४५, हाइब्रिड काक्रो १५, रुख कटहर ५०, चाइनिज नासपाती २२०, नेपाली मेवा ९०, भारतीय मेवा ७०, किवि ६०० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: