Skip to content
LAXMI SUNRISE BANK

मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा

अर्थ सरोकार

काठमाडौँ । सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै मुख्यसचिव अर्याल निलम्बित भएका हुन् ।

उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४७ को दफा १७ अनुसार स्वतः निलम्बनमा परेका हुन् । 

उक्त दफामा सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए ऊ स्वतः निलम्बन हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अर्याल पदबाट स्वतः निलम्बन भएका हुन् ।

योसँगै अब भ्रष्टाचार मुद्दामा सफाइ नपाउँदासम्म अर्यालको निलम्बन कायम रहनेछ । अर्याल निलम्बनमा परेसँगै सरकारले वरिष्ठतम् सचिवलाई कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK