काठमाडौं। बिजनेस इन्टरेष्ट ग्रुप अफ इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४५ लाख कित्ता सेयर जारी गर्न लागेको हो। उक्त आइपीओको प्रत्याभूति नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र सनलाइफ क्यापिटल लिमिटेडले गर्ने भएका छन् ।
बुधबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, सनलाइफ क्यापिटल र बिजनेस इन्टरेष्ट ग्रुप अफ इन्डष्ट्रिज लिमिटेड बीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको थियो ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटल लिमिटेडको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस इन्टरेष्ट ग्रुप अफ इन्डष्ट्रिज लिमिटेडको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका थिए ।
कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्