×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बोलपत्र नेपाल’ वेबसाइटमा नयाँ सेवा, अब सबै संस्थाले इ-टेन्डरको सुविधा सजिलै लिन पाउने

GLOBAL IME BANK

‘बोलपत्र नेपाल’ वेबसाइटमा नयाँ सेवा, अब सबै संस्थाले इ-टेन्डरको सुविधा सजिलै लिन पाउने

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल भरीका सम्पूर्ण बोलपत्रसम्बन्धी सूचना दिने वेबसाइट ‘बोलपत्र नेपाल’ मा नयाँ सेवा थपिएका छन् । राष्ट्रिय पत्रिकामा प्रकाशित बोलपत्रसम्बन्धी सूचना एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो वेबसाइटमा निजी बोलपत्र (प्राइभेट टेन्डर) र इ- बिडिङ तथा इ-भेन्डर लिस्टिङ सेवा थपिएका हुन् ।

योसँगै अब निजी तथा सार्वजनिक कम्पनीहरूले आह्वान गर्ने ठेक्काहरू समेत बोलपत्र नेपालमा उपलब्ध हुनेछन् । यो काम निजी कम्पनीहरूले निःशुल्क रुपमा पनि प्रयोग गर्न पाउने बोलपत्र नेपालका संस्थापक तथा सीईओ अमरप्रताप सिंहले बताए ।

उनका अनुसार भौतिक रूपमा हुने बोलकबोल र सूची दर्ता प्रक्रियालाई समेत वेबसाइटमा अनलाइनमार्फत गर्न सकिने बनाइएको छ । यससँगै कम्पनीहरूले जारी गर्ने बोलपत्रमा अनलाइनबाटै ठेकेदार कम्पनीहरूले बोलकबोल गर्न सक्ने छन् ।

सिंहले इ-बिडिङले कम्पनीहरूको समय र पैसा बचत गर्न सघाउने बताए । साथै, निष्पक्ष रुपमा छिटो र सजिलो तरिकाले समेत बोलपत्रको काम सम्पन्न हुने उनको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: