×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : मिर्मिरे लघुवित्तका तत्कालीन अध्यक्ष टेक बहादुर बोहोरालाई राष्ट्र बैंकले गरेको कारवाही अदालतद्वारा खारेज !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Breaking : मिर्मिरे लघुवित्तका तत्कालीन अध्यक्ष टेक बहादुर बोहोरालाई राष्ट्र बैंकले गरेको कारवाही अदालतद्वारा खारेज !

२४ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष टेक बहादुर बोहरालाई नेपाल राष्ट्र बैंकले गरेको कारवाहि उच्च अदालतले खारेज गरिदिएको छ । वित्तीय स्वार्थ देखिनेगरी काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले ५ लाख जरिवानाको कारवाहीमा परेपछि बोहरा सो कारवाही बदरको माग गर्दै उच्च अदालत पुगेका थिए । र अन्तत: अदालतले बोहोराले गरेको दाबी पुग्ने फैसला गर्दै राष्ट्र बैंकले गरेको कारवाही खारेज गरिदिएको हो ।
नियामक राष्ट्र बैंकले वित्तीय स्वार्थ रहेको कम्पनी सौगात ट्रेड एण्ड सप्लायर्सबाट ट्याक्टर बिक्री गर्ने प्रयोजनका लागि लघुवित्तबाट सीमाभन्दा बढी कर्जा प्रवाह गरेको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । उनले सो स्पष्टीकरणको जवाफ दिए पनि सो जवाफ चित्त नबुझेको भन्दै उनलाई ५ लाख जरिवाना गराउने निर्णय गरेको थियो । यो कारवाहीसँगै उनी ५ बर्षसम्मका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष हुन बाट रोकिएका थिए । अव सो कारवाही अदालतबाट खारेज भएसँगै उनी अव कुनै पनि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष हुनसमेत योग्य भएका छन् ।
बोहराले राष्ट्र बैंकले आरोप लगाएजस्तो आफ्नो कुनै पनि वित्तीय स्वार्थ नरहेको र अदालतले आफुलाई निर्दोष गरेकोमा आफु खुसी भएको बताउँदै देशमा न्याय नमरेको बताएका छन् । ‘मैले आफ्ना कुरा यस अघि पनि अर्थ सरोकारमार्फत राखेको थिएँ । केहि ढिलो भए पनि अदालतले मलाई न्याय दिएकोमा खुसी छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: