×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको कारवाहीविरुद्ध मिर्मिरे लघुवित्तका पूर्वअध्यक्ष अदालतमा, पूर्वाग्रही भएको दाबीसहित कारवाही बदरको माग !

PRIME CA

राष्ट्र बैंकको कारवाहीविरुद्ध मिर्मिरे लघुवित्तका पूर्वअध्यक्ष अदालतमा, पूर्वाग्रही भएको दाबीसहित कारवाही बदरको माग !

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वित्तीय स्वार्थ देखिनेगरी काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले ५ लाख जरिवानाको कारवाही गरेका  मिर्मिरे लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष टेक बहादुर बोहरा सो कारवाही बदरको माग गर्दै उच्च अदालत पुगेका छन् । राष्ट्र बैंकले गरेको जरिवाना तथा कारवाही बदरको माग गर्दै बोहोरा उच्च अदालत, पाटन पुगेका हुन् । अर्थ सरोकारसँग कुराकानी गर्दै बोहोराले आफु नेपाल राष्ट्र बैंकको कारवाहीविरुद्ध उच्च अदालत गएको पुष्टी गरे  ।
बोहोराका अनुसार उनले दर्ता गराएको मुद्धाकोको पेसी यहि बुधबार अर्थात भदौ २७ गते छ । आफुविरुद्धको कारवाही पूर्वाग्रही भएको दाबी गर्दै उनले दुई फरक मुद्धा हालेकोसमेत बताएका छन् ।
नियामक राष्ट्र बैंकले वित्तीय स्वार्थ रहेको कम्पनी सौगात ट्रेड एण्ड सप्लायर्सबाट ट्याक्टर बिक्री गर्ने प्रयोजनका लागि लघुवित्तबाट सीमाभन्दा बढी कर्जा प्रवाह गरेको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । उनले सो स्पष्टीकरणको जवाफ दिए पनि सो जवाफ चित्त नबुझेको भन्दै उनलाई ५ लाख जरिवाना गराउने निर्णय राष्ट्र बैंकबाट भएको छ । यो कारवाहीसँगै उनी ५ बर्षसम्मका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष हुन बाट रोकिएका छन्।
बोहराले राष्ट्र बैंकले आरोप लगाएजस्तो आफ्नो कुनै पनि वित्तीय स्वार्थ नरहेको र अदालतले आफुलाई निर्दोष सावित गर्ने कुरामा आफु विश्वस्त रहेकोसमेत बताएका छन् । ‘मेरो केहि गल्ती नभएकाले अदालतले मलाई न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बोहोराले भने, ‘राष्ट्र बैंकले गरेको निर्णय पूर्ण रुपमा पूर्वाग्रही छ । मलाई अदालतले अध्यक्षकै पदमा फर्काउनेछ भन्ने विश्वास लिएको छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: