×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

कार्वाहीमा परेका मिर्मिरे लघुवित्तका पूर्वअध्यक्षसँग Exclusive अन्तर्वार्ताः ‘गल्ती गरेको छैन, पूर्वाग्रह राखियो, अन्याय भयो’

SAGARMATHA CEMENTS

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख जरिवानासहित ५ बर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा अध्यक्ष बन्न नमिल्नेगरी कार्वाही गरेका मिर्मिरे लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष टेक बहादुर बोहोराले आफुलाई नेपाल राष्ट्र बैंकले पूर्वाग्रही रुपमा कारवाही गरेको दाबी गरेका छन् । उनकी श्रीमतीको नाममा रहेको फर्मबाट लघुवित्तका ऋणीले ऋण लिएको विषयलाई लिएर वित्तीय स्वार्थ देखिनेगरी काम गरेको दाबी गर्दै राष्ट्र बैंकले उनलाई कारवाही गरेको थियो । अहिले उनी सो कारवाहीविरुद्ध अदालत गएका छन् । यसै विषयमा अर्थ सरोकारले उनीसँग सम्बाद गरेको छ ।

१. नेपाल राष्ट्र बैंकले तपाईंलाई कार्वाही गरेको छ, तर तपाईं ममाथि अन्याय भयो भनिरहनुभएको छ, किन ?
नेपाल राष्ट्र बैंकले मसँग निकै पूर्वाग्रही भएर कारवाही गर्यो । जसरी पनि मलाई मिर्मिरेको अध्यक्षबाट निकाल्नुपर्छ भनेर लागेका केही साथीहरुको कुरा मात्र राष्ट्र बैंकले सोध्यो । सुपरिवेक्षणका क्रममा देखिएका केही कैफियतका विषयलाई लिएर मेरो स्पष्टीकरणसमेत नपढी मलाई कारवाहीको पत्र थमाईयो । त्यसैले म अन्यायमा परें । राष्ट्र बैंकले गरेको अन्याय विरुद्ध अदालत गएको छु । अदालतले मलाई न्याय दिनेछ भन्ने विश्वास छ ।

२. तर तपाईंले ऋण दिएका ऋणीहरुले तपाईंकी श्रीमतीको कम्पनीबाट ट्याक्टर खरिद गरेका छन्, यो त सिधा वित्तीय स्वार्थ देखिने कारोबार भयो नि, भएन र ?
होइन । झट्ट हेर्दा यो वित्तीय स्वार्थ देखिने कारोबारजस्तो देखिए पनि मेरी श्रीमतीको नाममा रहेको कम्पनी ट्याक्टरको आयातकर्ता मात्र हो । सो कम्पनीले ट्याक्टर एजेन्टहरुलाई बेच्ने हो । अव एजेन्टले के गर्छ ?, कहाँबाट ऋण लिन्छ ? भन्ने कुरा सो कम्पनीलाई थाहा हुँदैन । मलाई पनि ऋणीहरुले सो कम्पनीको ट्याक्टर खरिद गरेका छन् भन्ने कुरा धेरैपछि थाहा भयो । त्यसमाथि ऋण दिने मैले होइन, कर्मचारीले हो । त्यसैले यसमा मेरो कुनै पनि दोष छैन ।

४. तपाईंले श्रीमतीकै कम्पनीबाट ट्याक्टर किने मात्र ऋण दिने दबाब दिनुभएको भन्ने आरोप पनि छ नि ?
त्यो व्यर्थ कुरा हो । हामी बर्षमा डेढसय ट्याक्टर बेच्ने कम्पनीलाई केही ट्याक्टरका लागि यस्तो गलत काम गर्नुपर्दैन । हामी त्यस्तो गलत गर्ने मान्छे पनि होइनौं । राष्ट्र बैंकले जसरी पनि मलाई संचालक समितिबाट राजिनामा दिन दबाब दिएको थियो, सो दबाब मैले नमानेपछि ममाथि राष्ट्र बैंक जाईलाग्यो ।

५. राष्ट्र बैंक तपाईंसँग जाईलाग्नुपर्ने कारण के हुन्छ र ? के थियो र ? एउटा नियामक तपाईंसँग किन पूर्वाग्रही हुनुपर्छ र ?
यो तथ्य मर्जरसँग जोडिएको छ । मर्जरका क्रममा सबैले भनेको कुरा लागु हुँदैन । केही संचालकहरुले संस्था छोड्नुपर्ने स्थिति आयो । मैले नै ल्याएको सिइओ पनि मेराविरुद्ध खनिए । त्यसपछि नेपाल राष्ट्र बैंकमा उनीहरुको दबाब र प्रभावसहितको लविङ भयो । जसको मारमा म परें ।

६. सीइओ त तपाईंले नै ल्याउनुभएको होइन र ? के कुरा मिलेन ?
अहिलेको सीइओ कम बोल्नुहुन्छ । तर, हामीलाई मर्जरमा निकै असहयोग गर्नुभयो । मर्जरको एमओयु गर्ने बेलामा मलाई १८ महिनाको तलव चाहिन्छ, नत्र मर्जर नै हुन दिन्न भनेर निहुँ खोज्नुभयो । एक त उहाँको पर्फर्मेन्स राम्रो थिएन, उहाँ सीइओ भएपछि संस्था झन् कमजोर भएको थियो । यो बीचमा हाम्रो कुरा नमिलेपछि उहाँले मर्जरलाई असहयोग गर्नुभयो । पछि खाईपाई आएको तलव सुविधा हिसाब गरेर १५ महिनाको तलव दिएर उहाँलाई बिदा गर्ने सहमति भएको छ । उहाँ त कारवाही गर्नुपर्ने मान्छे हो, उहाँको नेतृत्वमा आएपछि संस्था झन् धरासायी बनेको छ । र पनि उहाँको निहुँ खोज्ने काम कम भएन । उहाँले नै राष्ट्र बैंकमा धेरै कुरा बिगार्नुभयो । जसका कारण राष्ट्र बैंक म प्रति नकारात्मक भयो ।

७. तर, तपाईंले त आफ्नै घरमा संस्थाको कार्यालय पनि राख्नुभएछ नि, यो पनि वित्तीय स्वार्थ देखिने काम भएन र ?
मैले घरको भाडा लिएको छैन । भाडा नै नलिएपछि कसरी वित्तीय स्वार्थ भयो र ? मैले त उल्टै भाडा बचाउने काम गरेको थिएँ । त्यहि भवन अरु ठाउँमा लिएको भए २५–३० हजार रुपैयाँ तिर्नुपथ्र्यो । मैले त झन् संस्थालाई सहयोग गरेको हो । यसमा कसरी वित्तीय स्वार्थ देखियो र ?

८. भाडा नै नलिई किन कार्यालय घरमा राख्नुभयो त ?
त्यसमा मेरो सिधा कुरा के थियो भने नजिकै मेरो पेट्रोल पम्प छ । मान्छेहरुको आउजाउ भएपछि त्यहाँ नराम्रा घटना घट्दैनन्, फटाहाहरुले दुख दिंदैनन् भनेर हो । यसमा मेरो कुनै पनि वित्तीय स्वार्थ छैन ।

९. अव कारवाही त भोगिसक्नुभयो, अव के गर्नुहुन्छ ?
म अदालत गएको छु । अदालतले मलाई न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु । यसपटक राष्ट्र बैंक कुन हदसम्म पूर्वाग्रही भएको छ र हुने गरेको छ भन्ने तथ्य प्रमाणित हुन्छ । म त्यहि दिनको पर्खाईमा छु ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal