×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बस सेवा डटकम र नीलहीरा समाजबीच सम्झौता

GLOBAL IME BANK

बस सेवा डटकम र नीलहीरा समाजबीच सम्झौता

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बस सेवा डटकम र नीलहीरा समाजबीच सम्झौता भएको छ। अनलाइनबाट बुकिङ भएका टिकटहरूमा, एक टिकट बराबर एक रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार व्यवस्थापक डेनिस जंंग थापाले हस्ताक्षर गरेका थिए । सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि व्यक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई रु एक रुपैयाँका दरले प्रदान गर्नेछ ।

बस सेवामा मोबाइलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरूले ईसेवा, फोनपे, खल्ती, प्रभु पे लगायत नजिकै रहेका साइबर, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत अनलाइन टिकट काट्न सकिने छ। 

नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी ) नेपालमा सीमान्तकृत यौन अभिभुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हक अधिकारका निम्ति काम गर्ने  गैरसरकारी संस्था हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिहरू विरुद्ध विद्यमान कानूनमा परिवर्तनको पक्षमा वकालत गर्न २००१ मा स्थापित भएको संस्था हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: