Skip to content
LAXMI SUNRISE BANK

बुवा केयरद्वारा अत्याधुनिक सुविधा सम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं। बुवा केयर प्रा. ली ले अत्याधुनिक सुविधा सम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाडौंमा आयोजित एक समारोहकाबीच बुवा केयरले एसियन डाइग्नोस्टिक सेन्टर व्यवस्थापनको जिम्मा लिएको हो ।

अब बुवा केयरका म्यानेजिङ डाइरेक्टर शंकर पोखरेलले संस्थाको अध्यक्षता गर्नेछन् । पोखरेल १६ वर्षको व्यावसायिक बैंकिङ करियरलाई विश्राम दिँदै यस क्षेत्रमा प्रवेश गरेका हुन् । 

नवनियुक्त अध्यक्ष पोखरेलले संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ दरमा उपलब्ध गराउने, चौबिसे घण्टा ल्याब र फार्मेसी सेवा सञ्चालन गर्ने तथा बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म वरिष्ठ डाक्टरबाट ओपिडी सेवा समेत शुरु गरेको जानकारी दिएका छन् ।

बुवा केयर प्रा.ली. ले विगत १ वर्ष देखि निःशुल्क रुपमा वृहत स्वास्थ्य शिविरहरू गर्दै आइरहेको छ भने स्थापनाको छोटो समयमै विभिन्न क्षेत्र तथा ठाउँहरूमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा वृहत स्वास्थ्य शिविर, वृहत आखाँ शिविरहरूको आयोजना गर्दै आइरहेको छ । 

बुवा केयरले विशेष गरी बुवा तथा आमालगायत आफ्ना सदस्यहरूका विशेषज्ञ स्वास्थ्य जाँच, गुणस्तरीय प्याथोलोजिकल चेक जाँच, मनोरञ्जन तथा गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK