×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करले बढाउने महँगीको जिम्मा सरकारले लिनुपर्छ: व्यवसायी

GLOBAL IME BANK

करले बढाउने महँगीको जिम्मा सरकारले लिनुपर्छ: व्यवसायी

२४ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अग्रिम करसहित दल, धान, चामल, गहुँ, मकै, भटमासमा लागेको सबै कर खारेज गर्न माग गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सरकारले बजेटमार्फत अग्रिम करसहित दल, धान, चामल, गहुँ, मकै, भटमासमा लगाएको सबै कर खारेज गर्न माग गरेका हुन् ।

उनले सरकारले बजेटमार्फत कर दरमा गरेको मनपरी हेरफेरले व्यवसायी मर्कामा परेको उल्लेख गरेका छन् । त्यस्तै, ढकालले व्यवसायीलाई परेको मर्काका बारेमा अर्थमन्त्रीलाई बुझाउन पनि तयार रहेको बताएका छन् । यसका साथै सरकारले व्यवसायीहरुका कुरा नसुन्दा बजेट र मौद्रिक नीतिपछि विरोध गर्नुपर्ने अवस्था रहेको ढकालले बताएका छन् । 

यता नेपाल मैदा उद्योग संघका उपाध्यक्ष दिनेशकुमार अग्रवालले पनि मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा लागेको २.५ प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारको उक्त व्यवस्थाले स्वदेशी उद्योगलाई प्रत्यक्ष असार पर्ने दाबी गर्दै अग्रिम आयकर खारेज नगरे उद्योग बन्द हुने निश्चित रहेको अग्रवालले स्पष्ट पारेका छन् । 

हाल उद्योगीरुले स्वदेशी दाल, चामल उद्योग बन्द हुँदा आयातित दाल चामलमा भर पर्नुपर्ने र उपभोक्ताले गुणस्तरीय दाल, चामल खान नपाउने तथा देशको औद्योगिक क्षेत्रमा दीर्घकालीन असर पर्ने भन्दै अग्रिम आयकर खारेजी गर्न सरकारलाई आग्रह गरेका छन् । साथै सरकारले नीति फिर्ता नलिँदा बजारमा बढ्ने महँगीको जिम्मा सरकारले लिनुपर्ने पनि व्यवसायीहरुले चेतावनी दिएका छन् । 

उद्योगको लागि अग्रिम आयकर लगाउन नहुने संघको माग छ । स्वदेशी दाल तथा चामल उद्योगले क्रमश १० प्रतिशत र २.५० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुँदा स्वदेशी उद्योग बन्द हुने निश्चित रहेको बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: