Skip to content
LAXMI SUNRISE BANK

असईको परीक्षामा चिट चोर्ने बुद्ध बोम्जन कारबाहीमा, परीक्षा रद्द !  

अर्थ सरोकार

काठमाडौँ । प्रहरी सहायक निरीक्षक (असई)को परीक्षामा चिट चोर्ने एकजना कारबाहीमा परेका छन् । लोकसेवा आयोगले लिएको असईको परीक्षामा चिट चोर्ने बुद्ध बम्जोन कारबाहीमा परेका हुन् ।

बम्जोनले गत बैशाख ३० र जेठ १ गते भएको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षामा चिट चोरेको पाइएको थियो । 

आयोगका अनुसार उनले अंग्रेजी विषयको लिखित परीक्षामा चिट चोरेका थिए । चिट चोरेको पाइएपछि उनीमाथि थप अनुसन्धान गरेको आयोगले अन्ततः बम्जोनले दिएको परीक्षा रद्द गर्ने निर्णय गरेको छ । 

त्यस्तै, परीक्षा रद्दसँगै बोम्जोनलाई आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने जुनसुकै परीक्षामा सहभागि हुन प्रतिबन्ध लगाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK