×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु

Artha Sarokar

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको ख्यातिप्राप्त अल जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । युएईमा रहेका नेपालीहरूले अल जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजार भन्दाबढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ भने नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।

त्यस्तै, उक्त कम्पनीहरूबीच भएको सम्झौता अनुसार युएईमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास लिइएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुत्तानी सुचारु गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी