×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम फाइबरनेटले ल्यायो ग्राहकहरूको लागि ‘स्मार्ट अफर’

LAXMI SUNRISE BANK
GLOBAL

डिशहोम फाइबरनेटले ल्यायो ग्राहकहरूको लागि ‘स्मार्ट अफर’

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। डिशहोम फाइबरनेटले इन्टरनेट र डीटीएच टिभी का ग्राहकहरूका लागि ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकहरूको सन्तुष्टि अभिवृद्धि गर्न र सेवामा राम्रो मूल्य प्रदान गर्नको लागि ‘स्मार्ट अफर’ सार्वजनिक गरेको हो। 

‘स्मार्ट अफर’ का बिशेषताहरु :

-ग्राहकहरूले अब नयाँ इन्टरनेट र डीटीएच जडानहरू वा नवीकरणमा विशेष अफरहरूको मजा लिन सक्नेछन् ।

-रु.३३५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्स ग्राहकहरूले मात्र रु.१६४९ मा पाउन सक्नेछन् । त्यस्तै ९९९९ पर्ने फायर-बोल्ट ग्लेडिएटर स्मार्टवाच मात्र रु. २९९९ मा लिन सक्नेछन् ।

-ग्राहकहरूले डिजिटल होम इन्टरनेशनलबाट साना देखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सक्ने कम्पनीले जनाएको छ ।

यो गज्जबको अफरहरू कसरी प्राप्त गर्ने ?

एअरबड्सस्मार्टवाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सन जडान गरेको हुनु पर्ने छ । अथवा आफूले चलाई रहेको डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सनको प्याकेज कम्तीमा ६ महिनाको लागि रिचार्ज गर्नुपर्नेछ ।

होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकहरूले १२ महिनाको इन्टरनेट वा डीटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखि सबै डिएचआई प्रोडक्टहरूमा १८ प्रतिशत छुट पाउन सक्नेछन् । त्यस्तै, २४ महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउन सकिनेछ ।

यो विशेष अफरले डिशहोमका ग्राहकहरूका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड गर्ने र अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्ने कम्पनीले जनाएको छ । 

स्मार्ट अफरको बारेमा थप सहयोग वा सोधपुछका लागि, ग्राहकहरूले डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सक्छन् । अथवा नजिकै रहेको डिशहोमको डिलर दाइ कहाँ सम्पर्क गर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी