काठमाडौं। इसेवाले जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने योजना ल्याएको छ । उक्त योजनाबाट इसेवा प्रयोगकर्ताहरूले थुप्रै उपहारका साथै एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिप जित्ने मौका पाउने छन्।
जेठ २० गतेदेखि असार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरूमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूले हरेक हप्ता आकर्षक उपहारहरू पाउनेछन् । हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौँमा १ दिन २ रात बस्न पाउने छन् भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्नेछन् र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् ।
यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरूको प्रिमियम तिर्दा रु १००० सम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरू पनि पाउन सक्नेछन् ।
उक्त योजनाको बारेमा इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढि रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरूमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो।
यस अन्तर्गत प्रयोगकर्ताहरूले इसेवा मार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरू पाउने व्यवस्था गरी प्रयोगकर्ताहरूमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्