×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हङकङ र सिंगापुर बने विश्वकै सबैभन्दा महँगा शहर !

GLOBAL IME BANK

हङकङ र सिंगापुर बने विश्वकै सबैभन्दा महँगा शहर !

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हङकङ र सिंगापुर विश्वकै सबैभन्दा महँगो शहर बनेका छन् । मर्सरको २०२४ को ‘कस्ट अफ लिभिङ’ रिपोर्टअनुसार यसवर्ष चीनको हङकङ र सिंगापुर सबैभन्दा महँगो शहरको सूचीमा शीर्ष स्थानमा परेका हुन् ।

शहरको उच्च भाडा, मूल्यवृद्धि लगायतका कारण हङकङ र सिंगापुर महँगा शहरको शीर्ष स्थानमा परेको रिपोर्टमा उल्लेख छ ।

महँगा शहरको सूचीको तेस्रो, चौथो, पाचौँ र छैठौँ स्थानमा क्रमशः स्वीट्जरल्याण्डको ज्यूरिक, जेनेभा, बासेल र बर्न सहर रहेका छन् । त्यस्तै, अमेरिकाको न्यूयोर्क सातौँ, बेलायतको लन्डन आठौँ र नवौँमा बहामासको नासाउ र लस एन्जलस १०औँ स्थानमा रहेका छन् ।

त्यस्तै, डेनमार्कको कोपेनहेगन एघारौँ, अमेरिकाको होनोलुलु बाह्रौँ, अमेरिकाको सान फ्रान्सिस्को तेह्रौँ, मध्य अफ्रिकी गणतन्त्रको बान्गुइ चौधौँ, दुबई पन्ध्रौँ, इजरायलको तेल अबीब सोह्रौँ, अमेरिकाको मियामी सत्रौँ, बिबूती अठारौँ, अमेरिकाको बोस्टन उन्नाइसौँ र अमेरिकाकै शिकागो बिसौँ स्थानमा परेको छ । सबैभन्दा महँगा शहरको शीर्ष २० सूचीमा अमेरिकाका मात्रै ७ शहरहरु परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: