Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्री पुनलाई गगन थापाको प्रश्न- ‘६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ?’

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको लक्ष्यको आधार खोजेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा थापाले अर्थमन्त्री वर्षमान पुनसँग आगामी आर्थिक वर्षमा सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ? भन्दै प्रश्न गरेका हुन् । 

उनले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार माग गरेका छन् ।

त्यस्तै, उनले संसदमा धेरै उथलपुथल भएको भन्दै ६/८ महिनापछि आफैँले काँध हाल्नुपर्ने हुनसक्ने टिप्पणी गर्दै बजेटबारे अर्थमन्त्रीलाई प्रश्न मात्रै गर्दा जोगिने अवस्था नरहेको बताएका छन् । ‘यो बजेटबारे कसरी बोल्ने भनेर अल्मलिएको छु । बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो ।’, उनले भने, ‘तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की ? आफ्नै बोली फेरि गलपासो हुने हो की ?’ 

त्यस्तै, महामन्त्री थापाले बजेटमा राजश्वको अनुमान १४ खर्ब १९ अर्ब राखिएको र लिएको लक्ष्य सबैभन्दा उच्चवृद्धि हुनुपर्ने बताए । करिब ३४ प्रतिशत वृद्धि भएमात्रै सरकारले लिएको लक्ष्य भेटिने जिकिर थापाले गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK