Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

अर्थ सरोकार

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था बैंकले मिलाएको हो ।
सम्झौता पश्चात गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्था (कोडिङगल) को अधिकृत साझेदार मेन्टोरल्याब इडिएक्सले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन् । मेन्टोरल्याब इडिएक्सले बालबालिकाहरुलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ ।
त्यस्तै, बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ % र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK