Skip to content
LAXMI SUNRISE BANK

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

अर्थ सरोकार

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडको संचालक समिति हेरफेर भएको छ। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन्।

त्यस्तै, कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएकी छिन् ।

सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् कम्पनीको हालको सञ्चालक समिति देहाय बमोजिम रहेको छ।

१. श्री दिपक पाण्डेय अध्यक्ष

२. श्री अनिल रेग्मी सञ्चालक

३. श्री संजू प्रसाद जैसवाल सञ्चालक

४. श्री महेश प्रसाद काफ्ले स्वतन्त्र सञ्चालक

५. श्री नैना नेपाल ढकाल स्वतन्त्र सञ्चालक

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK