×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुँगी बेचेरै महिनाको ३० हजार आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घुँगी बेचेरै महिनाको ३० हजार आम्दानी

Artha Sarokar

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा घुँगीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घुँगीको व्यापारबाट राम्रै आम्दानी गरिरहेका छन् ।

उनले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घुँगीको व्यापार गर्दै आएका छन् । मुखियाले आफैले खोलाबाट घुँगी खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताए । मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उनको भनाई छ ।

ृउनले विगत एक वर्षदेखि हटिया बजारमा घुँगीको व्यापार गर्दै आएका छन् । उनका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घुँगीको व्यापार गर्ने थलो नै बनेका छन् । उनले घुँगी जतात्यतै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्नेे गरेको बताए ।

घुँगीको व्यापारबाट उनले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी हुँदै आएको जानकारी दिएका छन् । आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घुँगी किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उनी सुनाउँछन् ।

उनले घुँगी प्रतिकिलो रु एक सयमा बिक्री गर्दै आएका छन् । उनले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आएका छन् । उनले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आएको बताए । ‘घुँगीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घुँगी खाने गरेका छन् ।’, उनले भने ।

गर्मी महिनाभन्दा जाडोमा घुँगीको व्यापार राम्रो हुने गरेको मुखियाले बताए । जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उनको भनाई छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी