काठमाडौं। सम्पूर्ण नेपालीहरूमाझ बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैंक भन्ने मूलनारा सहित २०६३ सालमा स्थापना भएको नेपालीहरूको बैंक हो ग्लोबल आइएमई बैंक । ग्लोबल आइएमई नेपालको सबैभन्दा ठुलो बैंक हो भन्ने कुरालाई बैंकले वित्तीय सूचकको माध्यमबाट आफूलाई अब्बल स्थापित गरिसकेको छ । बैंकको देश भित्र भित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहेका नेपाली नागरिकहरूलाई बैंकिङ सेवा दिने प्रयास स्वरुप विश्वका विभिन्न मुलुकहरूमा बैंकको प्रतिनिधि कार्यालयहरू राखी सेवा सञ्चालन गरिरहेको छ ।
देश भनेको भौगोलिक क्षेत्रमात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसाथ गरी नेपाली नागरिकहरू रहेको प्रदेशबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ कारोबार गर्न सहजता प्रदान गरिरहेको छ । जसले उक्त बैंकको ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई थप सार्थकता प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंकले नेपालको सबैभन्दा ठुलो वित्तीय संस्थाको रुपमा बैंकिङ क्षेत्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले नविनतम् सेवा तथा सुविधाहरू सार्वजनिक गरी बैंकको ग्राहकहरूलाई प्रविधिमा आधारित सेवाहरू प्रदान गरिरहेको छ। त्यस्तै, बैंकले सार्वजनिक गरी प्रदान गरिरहेको सेवाहरू आम बैंकिङ क्षेत्रका ग्राहकमाझ लोकप्रिय पश्चात् अन्य वित्तीय संस्थाहरूले पनि उक्त सेवा तथा सुविधालाई अंगीकार गरेको देखिएको बैंकले जनाएको छ ।
ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैंक तथा वित्तीय संस्थाको विभिन्न सुचकहरुको सूक्ष्म मल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरू छनौट गर्दै आइरहेको छ । उक्त ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्तरका प्रतिष्ठित अवार्डको रुपमा परिचित छ ।
विगतका वर्षहरूमा उक्त अवार्डका लागि अफ्रिका, एशिया प्यासिफिक, क्यारेबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई छनौट गर्दै आइरहेको थियो । तर यस वर्षदेखि एशिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको थियो र उक्त क्षेत्रहरूमा नेपालको तर्फबाट ग्लोबल आइएमई बैंकलाई बेष्ट बैंक अवार्ड प्रदान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।
यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मे बैंक, बङ्गलादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित भएको थिए । एशिया प्यासिफिक अन्तर्गत नेपालको बैंक ग्लोबल आइएमई बैंकले उक्त सम्मान सहित नेपालको झण्डा विश्व मञ्चमा फर्फराएको हो ।
साथै, यस बैंकले देश भित्रका विभिन्न अभियानहरूमा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका मातहतका विभिन्न संस्थाहरू वा विदेशी संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ । बैंकले वातावरणिक प्रदुषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधि सञ्चालन गरिरहेको छ । बैंकले आफ्नो कार्यालय भित्र प्लाष्टिकजन्य वस्तुहरूको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैंक तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायलाई यस अभियानमा लाग्न समेत आव्हान गरेको छ ।
साथै, बैंकले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पँहुच विस्तारको लागि पनि न्यूनतम ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ । बैंकको ग्रिन आवास कर्जा योजनाको विशेषतालाई हेर्ने हो भने यस बैंकलाई जिम्मेबार संस्थाको रुपमा हेर्न सकिन्छ । यस बैंक एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफू स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिई सेवा सञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएको छ ।
बैंकले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आर्कषण गर्नको लागि न्यूनतम ब्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसँग ५६ मिलियन डलर ऋण लिई लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गका क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस्ता कर्जाहरूको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धा बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरण सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने जनाएको छ ।
बैंकले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सेवा तथा सुविधा सार्वजनिक गर्दै आइरहेको छ । साथै, बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट १,००० बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् ।
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।
बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गरेको बैंकले जनाएको छ ।
‘युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२’ बाट ग्लोबल आइएमई बैंक लिमिडेट सम्मानित
सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्य सम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो ।
युरो मनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् ।
अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैंकको ए रेटिङ
इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई ए रेटिङ प्रदान गरेको छ । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।
बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।
ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६-नेपाल’ अवार्ड
ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन ‘इनटरनेशनल फाइनान्स म्यागजिन’ द्वारा ‘बेष्ट इन्टरनेट बैंक २०१६-नेपाल’ अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रममाबीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो।
ग्लोबल आइएमई बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्वारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागरीमा) इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।
बैंकले आफ्ना ग्राहकहरू माझ सहज बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रविधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्था मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।
आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्य सम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्