Skip to content
LAXMI SUNRISE BANK

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ४४ हजार रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले बढेर एक लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २३ हजार ४ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २२ हजार ८ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५८६ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK