×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं वार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरूलाई खाद्यान्न र स्टेसनरी सामाग्री वितरण गरेको छ ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत विराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेसनरी तथा विराटेश्वर वृद्धाश्रम निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा वृद्धा आश्रमका बालबालिकाहरूलाई शैक्षिक सामाग्री र वृद्धवृद्धाहरूको लागि खाद्यान्न वितरण गरेको छ । त्यस्तै, कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी वृद्धाश्रम, बर्दिबास स्थित भुवनेश्वरी वृद्धाश्रम र वीरगञ्ज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी, बागमती प्रदेश अन्तर्गत अपाङ्ग पुनर्स्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेँसीसहर स्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरूलाई स्टेसनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्न वितरण गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपाङ्ग आश्रममा खाद्यान्न वितरण, नेपालगञ्ज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका वृद्धवृद्धालाई खाद्यान्न वितरण, कपिलवस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । 

त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत टीकापुर स्थित सहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत विद्यालय, झलारी स्थित विद्यालयमा र धनगढी स्थित परिवार बालगृहमा खाद्यान्न तथा विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गरिएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको १६ वर्ष पुरा भएको छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी