काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले दुई शाखा स्थानान्तरण गरेको छ। सूर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा स्थानान्तरण गरेको हो ।
ग्राहकहरुलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरू स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमाको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकताअनुसार थप शाखा कार्यालयहरू खोल्दै जाने र आफ्ना ग्राहकहरूलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरूलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटाका शाखाहरू स्थानान्तरण गरि निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरू सजिलै उपलब्ध गराउने जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्