काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा साइकल र्याली कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्सालबाट शुरु गरी चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरबारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्याली आयोजना गरिएको थियो। वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जय होस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौँ, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारा सहित विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनाइएको कम्पनीले जनाएको छ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरू, अभिनेत्री- साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ शेर्पा, लायन्स क्लब अफ काठमाडौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधिहरू तथा स्पार्क ग्रुपका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले वातावरण जोगाऊ, साइकलको प्रयोग गरौँ, स्वस्थ भएर जीवन जिउँ भन्ने भावका साथ लाइन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधिहरूलाई विभिन्न जातजातका बिरुवाहरू हस्तान्तरण गरे ।
उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरूले युवा वर्गमा वातावरण संरक्षण सहित स्वस्थ जीवनशैली तर्फ आकर्षण गर्न मद्दत हुने विश्वास व्यक्त गरे ।
साथै, उक्त अवसरमा कम्पनीका उच्च व्यवस्थापनबाट साइकल र्यालीमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्