काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल र मोबाइल एपको शुभारम्भ गरेको छ। इन्स्योरेन्सले आफ्ना ग्राहकहरूलाई छिटो र छरितो तरिकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल र मोबाइल एपको शुभारम्भ गरेको हो।
कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमा सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन बीमालेख जारी गर्न सकिने गरी कम्पनीले मोबाइल एपको बिहीबार एक कार्यक्रमको आयोजना गरी सुरु गरेको हो ।
उक्त मोबाइल एपको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेट्दै निर्जीवन बीमाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा अनलाइन पोर्टल तथा मोबाइल एप सेवाको शुभारम्भ गरेको जनाएको छ । उक्त सेवा मार्फत २४सैं घण्टा बीमा सेवा लिन सकिने छ । साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत मोबाइल एपको माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सक्नेछ । साथै, ग्राहक महानुभावहरूले आफ्नो दाबीको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा पनि सोही एपबाट जानकारी लिन सक्नेछन् ।
उक्त समारोहमा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ग्राहकहरूलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न र दूर दराजमा रहेका ग्राहकहरूलाई समेत समेट्नको लागि कम्पनीले मोबाइल एपको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद दिए । साथै, सिलवालले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्ततोगत्वा समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने र कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने जानकारी गराए ।
त्यसैगरी, सोही समारोहमा कम्पनीका अध्यक्ष ढकालले हाल सूचना प्रविधिको तीब्र गतिमा विकास भइरहेको परिप्रेक्ष्यमा कम्पनीका ग्राहकहरूलाई पनि प्रविधिको माध्यमबाट सहज सेवा प्रदान प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन सहज हुने र निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको जानकारी गराए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्